Logo

तामाकोशीको सेयर बाँडफाँड आज ५ बजे, न्युनतम ५० देखि २९३ कित्तासम्म पर्ने

तामाकोशीको सेयर बाँडफाँड आज ५ बजे, न्युनतम ५० देखि २९३ कित्तासम्म पर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर आज बेलुका ५ बजेपछि बाँडफाँड गरिने भएको छ । हाल सेयर बाँडफाँडको सम्पूर्ण कार्य सकिएको र ५ बजेपछि आधिकारीक रुपमा प्रकाशित गरिन आयोजनको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए ।

आयोजनाले सेयर आवेदन दिने सम्पूर्णलाई सेयर दिने भएको छ । तामाकोशीमा न्युनतम ५ हजारदेखि ५ लाख रुपैयाँसम्मको आवेदन दिएका थिए । उनीहरुले न्युनतम ५० कित्तादेखि अधिकतम २ सय ९३ कित्तासम्म सेयर पाउने पोखरेलले जानकारी दिए । ‘सेयर आवेदन दिने सवैलाई न्युनतम ५० कित्ता र त्यसभन्दा बढीलाई समानुपातिक रुपमा वितरण गर्न लागेका छौं,’ उनले भने ।

आयोजनाले आजभन्दा साढे २ महिना अघि सेयर आवेदन माग गरेको थियो । नियम अनुसार ६० दिन भित्र सेयर बाँडफाँड गरिसक्नुपर्ने भएपनि बैंशाख १२ गते आएको भुकम्पका कारण ढिलाई भएको पोखरेलले बताए ।

कोषलाई २ दिन अधिमात्र सेयर बाँडफाँडको लागि स्वीकृति दिएको थियो । आयोजनाले त्यतिबेला दोलखावासी र अन्य संस्थाको लागि एउटै पत्रमा आव्हान गरेको थियो । तर, विवादका कारण दोलखावासीका लागि सेयर वितरण रोकिएको थियो । ऋण लगानी गर्ने संस्थाका लागि मात्र सेयर बाँडफाँड गर्नुपर्ने भएकाले कोषले धितोपत्र बोर्डसँग स्वीकृत माग गरेको थियो ।

आयोजनाले त्यतिवेला २ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बरावरको सेयर निष्काशन गरेको थियो । तर, सोको लागि १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको थियो । जसका लागि २ लाख १० हजार जनाले आवेदन दिएका थिए । उक्त सेयर दोस्रो बजारमा ३ वर्ष पछि मात्र विक्री गर्न पाइने छ ।

जसमा ओजनामा लगानी गर्ने कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ करोड ८२ लाख ९९ हजार, ३० लाख ४९ हजार कम्पनीमा ऋण प्रदान गर्ने कम्पनीका कर्मचारी र ४० लाख ६६ हजार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई छुटट्याइएको थियो । आयोजनामा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानले ऋण लगानी गरेका छन् ।

पोखरेलका अनुसार कसलाई कति कित्ता सेयर परेको छ भन्ने www.nlk.org.np मा लगइन गरेर हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL