Logo

ब्रोकरलाई मार्जिन कारोबार गर्न सिकाउँदै सिडिएससी, किन आएन कार्यान्वयनमा ? यसो भन्छ नेप्से

ब्रोकरलाई मार्जिन कारोबार गर्न सिकाउँदै सिडिएससी, किन आएन कार्यान्वयनमा ? यसो भन्छ नेप्से



काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि तालिम दिन सुरु गरेको छ । सिडिएससीले मार्जिन कारोबारका लागि नेप्सेबाट अनुमति लिएका ब्रोकर कम्पनीलाई आजदेखि तालिम दिन सुरु गरेको हो ।

ब्रोकर कम्पनीहरुले असारमै मार्जिन कारोबारका लागि अनुमति पाएपनि हालसम्म गर्न सकेका छैनन् । तर आगामी दिनमा कसरी मार्जिन कारोबार गर्ने भन्ने विषयमा ब्रोकर कम्पनीलाई तालिम दिन लागिएको सिडिएसीले जानकारी दिएको छ ।

हालसम्म नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मापदण्ड पुगेका विभिन्न २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको छ । ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति लिएपनि हालसम्म कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

मार्जिन कारोबारका लागि सबै प्रक्रिया पुरा गरिदिएपछि पनि ब्रोकर कम्पनीले कार्यान्वयनमा ल्याउन नसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘हाम्रोतर्फबाट सबै प्रक्रिया पुरा भइसकेको छ भने सोही अनुरुप कारोबार अनुमति पनि दिईसकेका छौं,’ उनले भने, ‘हालसम्म किन कारोबार गरेन त्यो ब्रोकरहरुको कुरा हो ।’

यी हुन मार्जिन कारोबारका लागि अनुमति पाउने २१ कम्पनी

प्रतिक्रिया दिनुहोस्