Logo

केएल टावरको रमाइलो दशैं तिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरको रमाइलो दशैं तिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार



काठमाडौं । केएल टावरले ‘रमाइलो दशैं तिहार’ उपहार योजना संचालनमा ल्याएको छ । योजना अन्तरगत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने सक्ने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन २ जनालाई एफ क्युब सिनेमाको टिकट, तथा १ हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन ।

साप्ताहिक उपहारमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनरलगायतका सामग्री रहेका छन । बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिएका छन ।

त्यस्तै दोस्रो उपहारमा यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहारमा एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । चौथो उपहार भने एक जनालाई टाइमेक्सको घडी उपलब्ध गराउने भएको छ ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने आयोजकले जानकारी दिएको छ । आयोजकले सामान खरिदसँगै कुपन वितरण गर्ने छ । सोही कुपनको आधारमा गोलाप्रथाद्वारा विजेता छानिने छ । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्ने तिमिल्सिनाले जानकारी दिएका छन ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL