काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २४ औं साधारण सभाले सोमबार आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो ।
साधारणसभामा कोष सचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आब २०७४÷७५ को प्रतिवेदन पेश गरेका छन ।