Logo

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य घट्दै प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन अर्थात शुक्रवार सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरीm बजारमा चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले घट्न पुगेको छ । शुक्रबार प्रतितोला ८ सय ७० रपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतबार घट्दै ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL