Logo

दोस्रो दिन पनि दोहोरो अंकले ओर्लियो नेप्से, संस्थापक सेयरले बढायो कारोबार

दोस्रो दिन पनि दोहोरो अंकले ओर्लियो नेप्से, संस्थापक सेयरले बढायो कारोबार



काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको बजार अन्तमा ९ दशमलव ५४ अंकले घट्न पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको छ । सोमबार जिवन बीमा समुहको परिसुचक ६४ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ६६ अंकको गिरावट आएको छ ।

यसैगरी सेयर बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ६ दशमलव ८१ अंकको गिरावट आएको छ । बजारमा होटल समुहका परिसुचक ४४ अंकले घट्दा माइक्रोफाइनान्स १३ र अतिरिक्त समुहको परिसुचकमा १० अंकको गिरावट आएको छ ।

सोमबार पनि बजारमा संस्थापक सेयरको खरिदबिक्रीले कारोबार रकम बढाएको छ । दिनभर कुल ३० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा सिभिल बैंकको ४ करोड र सेञ्चुरी बैंकको ८४ लाख रुपैयाँको संस्थापक सेयर खरिदबिक्री भएको छ । संस्थापक सेयर बाहेक बजारमा कुनै पनि कम्पनीको २ करोड रुपैयाँको सेयर कारोबार हुन सकेन । दिनभर कुल १ सय ७३ कम्पनीको १४ लाख २८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्