बिजखबर संवाददाता
२५ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार घटेर प्रतितोला ५१ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन सोमबार बढेर ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । केही समय यता स्थिर रहेको चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।