Logo

साताको पहिलो दिन दोहोरो अंकले ओर्लियो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको पहिलो दिन दोहोरो अंकले ओर्लियो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ६३ अंकले घट्न पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । बजारमा जीवन बीमा समुहको परिसुचक १४३ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ८० अंकको गिरावट आएको छ ।

बजारमा उत्पादनमुलक समुहको परिसुचकमा ४० अंकको गिरावट आउँदा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७ दशमलव १४ अंकको गिरावट आएको छ । यसैगरी होटल समुहको परिसुचक ३६ अंकले घट्दा जलविद्युत समुहको परिसुचकमा २० अंकको गिरावट आएको छ ।

केही समययता लगातार गिरावट आएको बजारमा कारोबार रकमले पनि साथ छाडेको छ । दिनभर बजारमा कुल २९ करोड ७३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तर बजारमा कुनै पनि कम्पनीको २ करोड रुपैयाँको सेयर खरिदबिक्री हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्