काठमाडौं । पछिल्लो ३ दिनमा सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको गिरावट आएको छ । शुक्रबार सम्म प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आईतबार प्रतितोला ७२ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
१ महिना अघिदेखि लगातार बढिरहेको सुनको मूल्य गत शुक्रबारदेखि ओरालो लागेको हो । सुनको मूल्य लगातार बढेर प्रतितोला ७३ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो । आईतबार शुद्ध सुन प्रतितोला ७२ हजार रुपैयाँमा किनबेच भएको छ । साथै तेजावी सुन भने आईतबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा किनवेच भएको छ ।