Logo

एमभी दुगड ग्रुपले भित्र्यायो नयाँ ग्रेडर, यस्ता छन विशेषता

एमभी दुगड ग्रुपले भित्र्यायो नयाँ ग्रेडर, यस्ता छन विशेषता



काठमाडौं । एमभी दुगड ग्रुपले नेपाली बाटोको लागि अनुकुल भन्दै नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट भित्र्याएको छ । कम्पनीले शुक्रबार जी ९० मोडलको ९१ एचपीको उक्त मोटर ग्रेडर नेपालमा भित्र्याएको हो ।

हाल नेपालका सडकहरुमा १२ फिटको ग्रेडर चलाउनुपर्ने बाध्यतालाई हटाउन उक्त ग्रेडर नेपालमा भित्र्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त ग्रेडरको प्रयोग गर्दा संचालन खर्च र लगानी नै घट्ने जानकारी दिएको छ ।

उक्त ग्रेडर तराईका फाँट, खोलानाला, पहाडका अप्ठ्यारा उकाली ओरालीमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ । उक्त ग्रेडरमा २ बर्षको वारेन्टी, स्पोर्ट सर्भिस तथा स्पेयर पार्टमा सहुलियत लगायतका सुविधा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL