Logo

आइएमई मोटर्स र सिर्जना फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा

आइएमई मोटर्स र सिर्जना फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा



काठमाडौं । आइएमई मोटर्स र सिर्जना फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईं र आईएमई मोटर्सका उपाध्यक्ष इमरान ए खानले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरु खरिद गर्न उक्त फाईनान्सबाट ७० प्रतिशत सम्म ऋण पाउनेछन ।

आइएमई मोटर्सले रेमिटान्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL