Logo

सिजि मोटोकर्पको एक्सएल ६ गाडी सार्वजनिक, बजार मूल्य ४७ देखि ४८ लाख सम्म

सिजि मोटोकर्पको एक्सएल ६ गाडी सार्वजनिक, बजार मूल्य ४७ देखि ४८ लाख सम्म



सिजि मोटोकर्पले नायँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल ६ गाडी प्रस्तुत गरेको हो । ६ सिट क्षमताको उक्त गाडीको भित्री र बाहिरी रुप आकर्षक रहेको कम्पनीको दाबी रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त गाडीको बजार मूल्य भने छेटाको ४६ लाख ९९ हजार र अल्फाको ४७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

उक्त गाडीमा ६ जनाले आरामदायी यात्रा गर्न सक्नेछन । यसमा भएका विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेहा सेफ्टिको साथ सम्पूर्ण रुपमा सुरक्षित रहेको छ ।

१७ दशमलब ८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको उक्त गाडीमा इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु समेत स्क्रीनमा देख्न सकिन्छ । पेट्रोल इन्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको उक्त गाडीमा ५ म्यान्युयल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्