Logo

टाटाको गाडी किन्दा ९० प्रतिशत फाईनान्सिङको सुविधा, २ बैंकसँग सम्झौता

टाटाको गाडी किन्दा ९० प्रतिशत फाईनान्सिङको सुविधा, २ बैंकसँग सम्झौता



काठमाडौं । टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ९० प्रतिशतसम्म भेहिकल लोनमा गाडी उपलब्ध गराउने भएको छ । कम्पनीले सवारीमा उक्त फाईनान्सिङ सुविधा दिन सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सम्झौता गरेका हो ।

भेइकल लोनअन्तर्गत कमर्सियल गाडीहरू, सेमी(कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल (यात्रुवाहक गाडीहरू) खरिदका लागि दुईवटा बैँकहरूसँग सिप्रदीले भेइकल लोन (गाडी कर्जा) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भएबमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ । साथै यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भएबमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको छ ।

कमर्सियल गाडी र सेमी(कमर्सियल गाडीहरूको कर्जा पाँच वर्ष भित्र चुक्ता गर्नुपर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्ष भित्र तिरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कुल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँच वर्षको समयावधि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्