Logo

नाडा तथा चाडपर्वको अवसरमा सुजुकीको पर्वाेत्सव योजना, गाडी खरिदमा २ लाख सम्म छुट

नाडा तथा चाडपर्वको अवसरमा सुजुकीको पर्वाेत्सव योजना, गाडी खरिदमा २ लाख सम्म छुट



काठमाडौं । नाडा अटो सो र चाडपर्वको अवसरमा सुजुकीले पर्वाेत्सव योजना सार्वजनिक गरेको छ । कम्पनीले दशै तिहार तथा नाडा अटो सो लाई लक्षित गर्दै विभिन्न आकर्षक सुविधासहितको उक्त योजना ल्याएको हो ।

कम्पनीले हरेक बर्ष झैँ यो बर्ष पनि नाडा अटो सो देखि प्रारम्भ भई दसैं तिहारसम्म लागू हुन जानकारी दिएको छ । कम्पनीले यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाख रुपैयाँ सम्मको नगद छुट, अधिकतम १ लाख रुपैयाँ सम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम १ लाखसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

यसका साथै नाडा अवधिभर नाडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजार सम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने कम्नपीले जानकारी दिएको छ । यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ, ।

नाडा अटो शोमा कम्पनीले एसटीगा, सियाज र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ । जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार र ४२ लाख ९९ हजार रहेको छ ।

यस कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तन समेत गर्ने विश्वास लिइएको छ । हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ । दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL