Logo

नाडा अटो सोमा साङयोङको माईन्ड ब्लोईङ अफर, यस्ता छन विशेषता

नाडा अटो सोमा साङयोङको माईन्ड ब्लोईङ अफर, यस्ता छन विशेषता



काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो सोमा साङयोङले पनि भाग लिएको छ । कम्पनीले यो बर्ष भृकुटीमण्डपको एच १४ नंवर स्टलमा आफ्नो स्टल खडा गरेको हो । कम्पनीले उक्त स्टलमार्फत नाडा अटो सोलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त सो मार्फत ६ ओटा विभिन्न मोडलका गाडीहरु सार्वजनिक गरेको छ । यस्तै कम्पनीले उक्त सो लाई नै लक्षित गरेर ‘मुस्सो ग्राण्ड’ गाडी सार्वजनिक गरेको छ । कम्पनीले उक्त सोमार्फत माईन्ड ब्लोईङ अफर ल्याएको छ ।

यस्तै उक्त अफरवाहेक १ बर्षको बीमा, एक बर्षको सवारी कर, ५ बर्षको निशुल्क सर्भिसिङ लगायतका अफरहरु पनि ल्याएको जानकारी दिएको छ । साथै कम्पनीले २५ हजार सम्मको एसेसरिज पनि दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL