Logo

अशोक लेल्याण्ड र मितेरी डेभलपमेन्ट बैंक धरान बीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा उपलब्ध

अशोक लेल्याण्ड र मितेरी डेभलपमेन्ट बैंक धरान बीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा उपलब्ध



काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र मितेरी डेभलपमेन्ट बैंक धरानबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच सम्झौताको ज्ञापन पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक धरानबाट पाउने भएका छन् ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले जानकारी दिएका छन ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्