काठमाडौं । मोबाइल एप रिचार्जरले ‘अहिले लिनुहोस, पछि तिर्नुहोस’ अफर सार्वजनिक गरेको छ ।
नजिकिँदै गरेको चाडलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले भदौ ११ गतेदेखि २ हप्तासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो ।
रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरि किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।
अनलाइन मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा लिन सकिने रिचार्जरले जानकारी दिएको छ । अफर भित्र अफर सहित ग्राहकले बिभिन्न सामग्रीमा ६० प्रतिशतसम्म छुट पाउने छन ।
मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ ।
एपको नयाँ भर्सनसँगै रिचार्जर एप डाउनलोड गरी खाता खोल्ने ग्राहकहरुलाई लक्कि ड्र मार्फत एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ ।
रिचार्जरले भदौ २५ गते आफ्नै फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेताको घोषणा गर्ने छ ।