काठमाडौं । बजाज मोटरसाइकलको ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक भएको छ ।
बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्दले दशैंतिहार लगायत विभिन्न चाडहरु नजिकिएसँगै ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारा सहित ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त अफर अन्तरगत चाडपर्वको अवसरमा ग्राहकहरुलाई मोटरसाइकल किन्दा कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने जानकारी दिएको छ । बजाजको भविष्यवाणी अफरमा मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनिहरुले १ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन ।
साथै ग्राहकले मोटरसाइकलको खरिद पछि पुनः अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन । योजना अन्तरगत ग्राहकहरुले बजाजको मोटरसाईकल खरिद गर्दा २ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन ।