Logo

हुण्डाईको ‘भेन्यू’ नेपालमा सार्वजनिक, बजार मूल्य ३५ लाख रुपैयाँदेखि ५६ लाखसम्म (सूचिसहित)

हुण्डाईको ‘भेन्यू’ नेपालमा सार्वजनिक, बजार मूल्य ३५ लाख रुपैयाँदेखि ५६ लाखसम्म (सूचिसहित)



काठमाडौं । कोरियन मोटर निर्माता कम्पनी हुण्डाइले आफ्नो उत्पादन ‘भेन्यू’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि हुण्डाईको आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सो गाडि एक कार्यक्रमकाबीच बिहीबार सार्वजनिक गरेको हो ।

हुण्डाईले भेन्यूलाई नेपाली बजारमा ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध गराएको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ लिटर डिजल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ । इन्जिनमा भएको कप्पा डुअल टेक्नोलोजिको सहायताले सर्वाधिक पावर जेनेरेट गर्नेछ । भेन्यूले ७ स्पीड डिसिटीको उपलब्धता पनि प्रदान गर्ने छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो सशक्त उपस्थिति जनाउने कम्पनीको दावी रहेको छ निश्चित छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल ले सु-सज्जित छ । यसको आर१६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ ।

भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको लेड लाइट विशेष छन् ।

उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरु रहेका छन् । रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेको छ ।

भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ ।

हुण्डाईले नेपाली बजारमा विभिन्न ७ वटा मोडलमा भेन्यू उपलब्ध गराएको छ । जसको बजारमूल्य न्यूनतम ३४ लाख ९६ हजार देखि ५५ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।

कम्पनीले उक्त गाडिको खरिदमा दशै अफर समेत ल्याएको छ । सो गाडि खरिदगर्दा दशैं अफर अन्तरगत १ लाख २० हजार रुपैयाँ छुट उपलब्ध गराएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL