Logo

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा सवा १६ करोड, चुक्ता पूँजी १ अर्ब नाघ्यो

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा सवा १६ करोड, चुक्ता पूँजी १ अर्ब नाघ्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ मा १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ नाफा आर्जन गरेको छ ।

निर्जीवन बीमाको कारोबार गर्दै आएको कम्पनीले १७ औं वार्षिक साधारण सभाको अवसरमा आव २०७४/७५ मा उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो ।

आफ्नो १७ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदनमा आव २०७४/७५ मा उक्त नाफा गरेको उल्लेख छ ।

कम्पनीले आव २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ ।

सो हकप्रद सेयर जारी पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्