Logo

बीमा समुहले उचाल्यो नेप्से, साढे ६ अंकको बृद्धि

बीमा समुहले उचाल्यो नेप्से, साढे ६ अंकको बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददता

मंगलबार नेप्से परिसुचक ६ दशमलव ५८ अंकले बढेको छ । अन्तिममा बीमा समुहको परिसुचक बढेपछि समग्र नेप्से परिसुचक उकालो लागेको हो । केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेर ८ सय ९७ अंकमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुको परिसुचक १ सय २७ अंकले बढेको छ । तर, अन्य समुहको परिसुचक भने १० अंकभन्दा कमले बढेको छ । बैंकिङ समुहको परिसुचक ३ दशमलव ८१ अंकले बढेको छ भने व्यापार समुहको परिसुचक ८ दशमलव ९१ अंकले बढेको छ ।

बजारमा जलविद्युत् र फाइनान्स समुहको परिसुचक भने सामान्य ओरालो लागेको छ ।

मंगलबार दिनभर कुल २४ करोड ४३ लाख रुपैयाँ बरावरको ५ लाख ४९ हजार कित्ता सेयर कारोवार भएको छ । बजारमा सवैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको ४ करोड १३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL