काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको १ लाख ५७ हजार कित्ता सेयर दोस्रो बजारमा सुचिकृत भएको छ । मंगलबारबाट कारोबारमा आउने गरी सोमबार नेपाल स्टक एक्स्चेन्जको दोस्रो बजारमा सुचिकृत भएको हो । नेपाल स्टक एक्स्चेन्जमा सोमबार सुचिकृत भएसँगै कम्पनीको सेयर कारोबार मंगलबारबाट दोस्रो बजारमा संचालनमा आउने भएको हो ।
नेप्सेका अनुसार रसुवागढी हाईड्रोपावर कम्पनीले पहिलो कारोबारका लागि ९७ रुपैयाँ २९ पैसादेखि २ सय ९१ रुपैयाँ ३२ पैसासम्मको रेन्ज पाएको छ । यस्तै सान्जेन हाईड्रोपावरले भने ९६ रुपैयाँ ३२ पैसा देखि २ सय ८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ ।
यही मूल्यमा मंगलबार बिहान ’प्रि ओपन सेसन’मा पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ । जनताको लगानी कार्यक्रम अन्तर्गतका उक्त २ कम्पनीले आईपीओ निष्काशन गरेको ३ महिनापछि सोमबार मात्रै सेकेन्डरी मार्केट नेप्सेमा सुचिकृत भएका हुन । रसुवागढीले गत बैशाख ६ गते सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता शेयर निष्काशन गरेका थियो । सान्जेनले पनि सोही अवधिमा ४९ लाख ८२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।