Logo

बैकलाई ब्रोकर लाईसेन्स लिन नेप्सेको आह्वान, तयार भयो सिफारिस कार्यबिधि

बैकलाई ब्रोकर लाईसेन्स लिन नेप्सेको आह्वान, तयार भयो सिफारिस कार्यबिधि



काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स लिन आह्वान गरेको छ ।

नेप्सेले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लिनको लागि सिफारिस गर्दै लाईसेन्स लिन आह्वान गरेको हो । तर यसका लागि बैकले सहायक कम्पनी स्थापना गर्नु पर्ने हुन्छ ।

नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६ तयार पारि बिहीबार देखी लागु गरेको हो । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान रहेको छ ।

नेप्सेले उक्त कार्यविधि लागु गरेसँगै बैंकको सहायक कम्पनीसँग ब्रोकर लाईसेन्सको निवेदन माग गर्ने छ । प्रक्रिया पुरा गरेका कम्पनीलाई नेप्सेले लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्