काठमाडौं । एनएमबि क्यापिटलद्वारा संचालित विभिन्न फण्डहरुको बोनस घोषणा भएको छ । क्यापिटलद्वारा संचालित हाईब्रिड फण्ड एल–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले नगद लाभांस दिने घोषण गरेका हुन् ।
कम्पनीको आज बसेको संचालक समितिको बैंठकले हाईब्रिड फण्ड एल–१ लगानीकर्तालाई २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।
यसैगरी एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिने भएको छ । सो फण्डले पनि कर सहित १५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।
सुलभ फण्डले बिगत ३ बर्षदेखि इकाईधनीहरुलाई निरन्तर रुपमा प्रतिफल वितरण गर्दै आएको छ ।