Logo

सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी

सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी



काठमाडौं । सिबिआईएल क्यापिटलको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन । सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तै संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नवराज गिरीलाई नियुक्त गरेको छ । बैशाख १ गतेदेखि कायम मुकायम सिइओका रुपमा कार्यरत गिरीलाई समितिले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गिरीको बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढी अनुभव रहेको छ । उनले हिमालयन बैंकमा विभिन्न शाखा प्रमुखका रुपमा समेत काम गर्दै आईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL