काठमाडौं । नेको इन्स्यारेन्सले आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
कम्पनीले हालको चुक्त पूँजी अनुसार बोनस सेयर बापत कुल १४ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यसैगरी सोका लागि लाग्ने कर वापतका लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रस्तावित बोनस सेयर नियामक निकाय बीमा समितिको स्विकृति पश्चात कम्पनीको आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।