Logo

नेप्सेमा असार मसान्तको चाप, कारोबार रकममा पनि उच्च गिरावट

नेप्सेमा असार मसान्तको चाप, कारोबार रकममा पनि उच्च गिरावट



काठमाडौं । आर्थिक बर्षको क्लोजिङ नजिकिएसँगै नेप्सेमा थप चाप परेको छ । लगानीकर्ताहरुले असार मसान्तका लागि पैसाको जोहो गर्न घटेरै भएपनि सेयर बेच्न थालेपछि नेप्सेमा थप चाप परेको हो ।

अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसुचक सोमबार पनि ओरालो लागेको छ । बजारमा लगानीकर्ताहरु घटेरै भएपनि सेयर बेच्नुपर्ने बाध्यताका कारण परिसुचक ओरालो लाग्न पुगेको हो ।

आईतबार नेप्से परिसुचक करिव ३ अंकले घट्दा कारोबार रकममा उच्च गिरावट आएको छ । अघिल्लो दिन ६४ करोड ५० लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार घट्दै ३७ करोड ४७ लाख रुपैयाँमा सिमित भएको छ ।

बजारमा नेप्से परिसुचक र कारोबार रकम ओरालो लागेसँगै लगानीकर्ताहरु थप दबाबमा पर्न थालेको एक लगानीकर्ताले जानकारी दिए । ‘लामो समययता लगातार ओरालो लागेको बजारमा कारोबार रकम बढ्दा लगानीकर्तामा आश हुन्थ्यो,’ ती लगानीकर्ताले भने, ‘कारोबार रकम पनि घट्न थालेपछि थप निराश बनाएको छ ।’

आईतबार प्रायजसो समुहका परिसुचक ओरालो लागेका छन् । तर, होटल बाहेक कुनै पनि समुहका परिसुचकमा दोहोेरो अंकको घटबढ भएको छैन । दिनभर कुल १ सय ६९ कम्पनीको १२ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्