Logo

२९ अंकले घट्यो नेप्से, एनएलआइसीको मात्र ७ करोडको कारोवार

२९ अंकले घट्यो नेप्से, एनएलआइसीको मात्र ७ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ जेठ, काठमाडौं । बजार खुलेका दोस्रो दिन नेप्से परिसुचक २९ दशमलव २९ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक ८ सय ८० दशमलव ५३ अंकमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक १ सय ४० अंकले घटेको थियो भने बीमा समुहको परिसुच ४२ अंकले बढेको छ । यस्तै बजारमा बैंकिङ समुहको परिसुचक पनि उच्च रुपमा घटेको छ । सो समुहको परिसुचक ३८ अंकले घटेको छ भने विकास बैंक समुहको परिसुचक भने ८ अंकले घटेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सवैभन्दा बढी ६ करोड ९४ लाख रुपैयाँको कारोवार भएको छ । यस्तै, युनिलिभर कम्पनीको पौने २ करोड रुपैयाँको कारोवार भएको छ भने बैंक अफ काठमाडौंको १ करोड १७ लाख रुपैयाँको कारोवार भएको छ । अन्य कम्पनीको भने सामान्य मात्र कारोवार भएको छ ।

दिनभर कुल १३ करोड ६३ लाख रुपैयाँ बरावरको १ लाख ८१ हजार कित्ता सेयर मात्र कारोवार भएको छ । आइतबारको तुलनामा कारोवार रकम भने सामान्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL