बिजखबर संवाददाता
११ जेठ, काठमाडौं । सोमबार बजार खुलेको केही समयमै नेप्से परिसुचक ह्वात्तै घटेको छ । बजार खुलेको ३० मिनेटमा नेप्से परिसुचक २०अंकले घटेको छ ।
बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक आरोलो लागेको छ । सो समुहको परिसुचक १ सय २७ अंकले घटेको छ । त्यसैगरी बीमा समुहको परिसुचक पनि ६४ अंकले आरोलो लागेको छ ।
त्यस्तै बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २१ अंकले घटेको छ ।