Logo

आरएमडिसीको सेयर लिलामीमा बिक्री गर्दै राष्ट्र बैंक, १६ गतेसम्म आवेदन दिन सकिने

आरएमडिसीको सेयर लिलामीमा बिक्री गर्दै राष्ट्र बैंक, १६ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक नेपाल राष्ट्र बैंकले आफ्नो सेयर बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरएमडिसीमा रहेको ३ लाख २३ हजार ५२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ ।

उक्त सेयर बिक्रीका लागि असार १३ गतेदेखि साउन १६ गतेसम्म बोलकबोलको मिति तय गरेको छ । बैंकले सो सेयरको न्यूनतम मूल्य प्रति कित्ता २ सय ६१ रुपैयाँबाट मोल बढावढमा बिक्री गर्ने भएको छ ।

सेयर खरिद गर्न चाहनेले ५ देखि १० प्रतिशत रकम धरौटीको रुपमा जम्मा गर्नु पर्नेछ भने आवदेन शुल्क ५०० वापत रुपैयाँ लाग्नेछ । तर, आवेदन शुल्क फिर्ता भने नहुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

बैंकले सो सेयरको साउन १९ गते शिलबन्दी खोल्ने भएको छ । प्रस्तावित आवदेनका आधारमा सबैभन्दा धेरै मूल्यका लागि आवेदन दिनेहरुलाई बिक्री गरिने छ । सो आरएमडिसीमो दोस्रो बजारमा संस्थापक शेयरको क्लोलिङ प्राइस ३ सय २६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्