काठमाडौं । केही समय सामान्य रुपमा चलेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवर्साइटमा पुनः समस्या खाएको छ । बिहीबार विहानै देखि समस्या आएको नेप्सेको वेवसाईट पौने १ बजेसम्म चल्न नसक्दा सर्वसाधारण लगानीकर्ताहरु मारमा परेका हुन् ।
ब्रोकर कम्पनीबाट सेयर कारोबार भएपनि मार्केट डेप्थ हेर्दै अनलाईन कारोबार गर्ने लगानीकर्ताहरु सो सुविधाबाट वञ्चित भएका छन् ।
नेप्सेको वेवसाईटमा कहिले बजार बन्द भएको भन्दै शुन्य कारोबार देखाउने गरेको छ भने कुनै समय प्राधिविधि समस्या आएको भन्दै बनाउन लागिएको उल्लेख हुने गरेको छ ।
कुनै समय कारोबार खुलेको देखाएपनि उच्च कारोबार हुने सूचीमा एउँटै कम्पनीको मात्र सूची देखिएको छ ।