Logo

लगानीकर्ता संघहरुले खुशी मनाईरहँदा किन ओरालो लाग्दै छ बजार, आखिर को हुन सेयर बजारका वास्तविक लगानीकर्ता ?

लगानीकर्ता संघहरुले खुशी मनाईरहँदा किन ओरालो लाग्दै छ बजार, आखिर को हुन सेयर बजारका वास्तविक लगानीकर्ता ?



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट ल्याएसँगै लगानीकर्ता सम्बन्धी संघसंस्था, ब्रोकर एशोसिएशनलगायतका पूँजी बजार सम्बन्धी वकालत गर्दै आएका संस्थाहरुले अब बजार उच्च रुपमा बढ्ने भन्दै खुशी व्यक्त गरेका थिए ।

नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरलले आफुले अर्थ मन्त्रीलाई पूँजी बजारको बारेमा बुझाएको र सोही अनुरुप आगामी आबको बजेटमार्फत समस्याहरु संबोधन गराउन सफल भएको दावी गरेकी थिईन् । यसैगरी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायत सो सम्बन्धी अन्य संस्थाका अध्यक्षहरुले अहिलेको बजेटले पूँजी बजारमा देखिएको सबैखाले समस्या संबोधन गरेको भन्दै अब सेयर बजार कुनै पनि हालतमा ओरालो नलाग्ने प्रतिक्रिया दिएका थिए ।

इतिहासमै पहिलो पटक सेयर बजारलाई बजेटले राम्रोसँग सम्बोधन गरी समस्या समाधान तथा बजारको दायरा बढाउन सहयोग गरेको भन्दै नेपाल ब्रोकर एशोसिएशनले विज्ञप्ती नै निकालेर स्वागत गरेको थियो । पूँजी बजार सम्बन्धी अन्य संस्थाले पनि सोही अनुरुप दिपावली नै गरेका थिए । ब्रोकरले सेयर बजारमा गैर आवासीय नेपाली (एनआरएन)ले लगानी गर्न पाउने पुरानै व्यवस्थालाई अहिलेको बजेटले ल्याएको भन्दै प्रशंसा गरेका थिए ।

सेयर बजारसम्बन्धी सम्बद्ध सबै संघसंस्थाले बजेटको प्रशंसा गर्दै बजार बढ्ने दावी गरिरहँदा नेप्से परिसुक भने दैनिक रुपमा दोहोरो अंकले ओरालो लाग्न सुरु गरेको छ । बजेट आएको भोलिपल्दै नेप्से परिसुचक आधा घण्टाकोबीचको करिव ३ प्रतिशतले बढ्न पुगेको थियो । तर, बजार बन्द हुँदा नगन्य मात्रामा मात्र उकालो लाग्यो । जहाँ साना र साधारण लगानीकर्ता पिल्सिन पुगे ।

त्यसयता बजार खुलेको दुबै दिन नेप्से परिसुचकमा दोहोरो अंकले गिरावट आएको छ । आईतबार १३ अंकले घटेको बजारमा सोमबार साढे १२ दशमलव ८४ अंकको गिरावट आएको छ । जसका सबै समुहको परिसुचक घट्न पुगेको छ । घट्दो बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय च्याउसरी खुलेका लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेताले बजार बढ्ने प्रक्षेपण गरिरहँदा वास्तविक लगानीकर्ता भने विस्वस्थ्य हुन नसकेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

अहिले सेयर बजारमा करिब १५ लाख लगानीकर्ता रहेको प्रक्षेपण छ । तर पछिल्लो समय केही सिमित स्वार्थ समुह तथा परिवारवादका नाममा पूँजी बजार सम्बन्धी संघसंस्था खुल्दा त्यसले वास्तविक लगानीकर्ताको मर्म र भावना बुझन नसकेको एक लगानीकर्ताले बताए । ‘अहिले केही ठूला लगानीकर्ताको समुह तथा केही परिवारवादको नाममा सेयर बजार सम्बन्धी संघसस्था खुलेका छन्,’ ती लगानीकर्ताले भने, ‘त्यसरी खुलेका संघसंस्थाले सिमित व्यक्तिको स्वार्थमा केन्द्रित हुँदा सेयर बजारका वास्तविक लगानीकर्ता बाहिर भएका छन् ।’

लगानीकर्ता सम्बन्धी सबै संस्थाले बजेटको गुणगान गाईरहँदा बजार घट्नुको मुख्य कारण नै धेरैजसो लगानीकर्ता त्यस्ता संस्थामा आवद्ध नहुनु र उनीहरुको भावना बुझ्न नसक्नु हो । ‘बजेटमा होस वा मौद्रिक नीतिमा समग्र बजार सुधार भन्दा पनि आफ्नो सिमिति स्वार्थ केन्द्रित हुँदै सुझाव दिन्छन् जसले पूँजी बजारमा रहेका लाखौ लगानीकर्ताको मनोभावना नै संबोधन गरेको हुँदैन,’ एक ठूला लगानीकर्ताले भने, ‘जवसम्म अहिले खुलेका संघसस्थाले सबै लगानीकर्तालाई समेटेर बजार सुधारका लागि काम गर्न सक्दैनन तबसम्म केही हुँदैन ।’

बजारमा भइरहेको लगानी योग्य पूँजीको अभाव तथा वास्तविक लगानीकर्ताले बजार प्रति विश्वास नगरेकै कारण सबै संघसस्थाले स्वागत गरिरहँदा पनि बजेट पछि लगातार दोहोरो अंकको गिरावट आएको उनको दावी थियो । जबसम्म बजारमा तरलता संकटको समस्या संबोधन हुँदँैन तवसम्म नीतिगत रुपमा सुधार गर्दै बजार नबढ्ने एक लगाानीकर्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL