काठमाडौं । सकारो फर्मन्टेड वेभरेज प्रालीले नेसी नामको वाईन नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौको धुम्बाराईमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना उत्पादनहरु सार्वजनिक गरेको हो ।
कम्पनीका सञ्चालक हरी दाहाल का अनुसार नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिको अध्ययन गरि उत्पादन सुरु गरीएको उक्त ब्राण्डका वाईनहरु उपभोक्ता ले रुचाउने छन ।
दाहालले कार्यक्रममा मन्तब्य दिदै उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउन कम्पनीका बिक्रि बितरक हरु प्रति उत्पेरणा र हौसला प्रदान गरेका छन ।
कम्पनीका अनुसार उक्त वाईन हाल ७५० मिलिलिटर रातो, ७५० मिलिलिटर सेतो, सिस्नु तथा ४ लिटरको बक्समा उपलब्ध रहेको जानकारी दिएको छ ।
।