Logo

१० गतेदेखि धितोपत्र कारोवार तथा राफसाफ सुरु, क्लिएर बैंक पनि नेप्सेकै भवनमा

१० गतेदेखि धितोपत्र कारोवार तथा राफसाफ सुरु, क्लिएर बैंक पनि नेप्सेकै भवनमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ जेठ, काठमाडौं । सीडीएस एण्ड क्लियरिङले यही १० गतेदेखि राफसाफ तथा फछ्र्यौट गर्ने भएको छ । बैशाख १२ गते आएको महाभुकम्पले सीडीएसको भवन क्षतिग्रस्त भएपछि नेप्सेकै भवनमा बसेर राफसाफको काम सुरु गर्न लागेको हो ।

केही समय अघि नेपाल स्टक एक्सचेञ्जले यही १० गतेदेखि सेयर कारोवार शुरु गर्ने बताएको थियो । सोही अनुरुप सीडीएसले पनि आफ्नो सेवा सुचारु गर्न लागेको जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

यस अघि सीडीएसले ६ गतेदेखि नै आफ्नो कार्य सुरु गर्ने बताएको थियो । तर, बैशाख २९ गते पुनः भुकम्पको ठूरो पराकम्पन आएपछि सरेको थियो ।

यस्तै क्लियर बैंकको कार्य पनि नेप्सेकै भवनबाट गरिने नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले बताए । ‘यस अधि हामीले सो कार्य वाहिरबाट गर्दै आएका थियौं,’ उनले भने, ‘अव सो कार्य नेप्सेकै भवनबाट हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्