Logo

बजेटलाई सेयर ब्रोकरको स्वागत, विद्युतीय कारोबार र लाभकर गणना विधिले बजार बढाउने

बजेटलाई सेयर ब्रोकरको स्वागत, विद्युतीय कारोबार र लाभकर गणना विधिले बजार बढाउने



काठमाडौं । बजेटले सेयर बजालाई उच्च प्राथमिकतामा राखेको भन्दै सेयर ब्रोकरहरुले त्यसको स्वागत गरेका छन् । यसपटक सेयरको दोस्रो बजारमा हुने सबै कारोबारलाई विद्युतीय प्रणालीमा लगि सुरक्षित र पारदर्शी बनाईने तथा सरकारी ऋणपत्र कारोबारका लागि समेत अनलाईन प्रणालीमा विकास गर्दा बजार थप विस्तार हुने ब्रोकरको विश्वास रहेको छ ।

यसैगरी गैर आवासीय नेपालीलाई पनि दोस्रो बजारमार्फत कारोबार गर्न दिँदा बजारको दायरा थप फराकिलो हुने नेपाल ब्रोकर एशोसिएशनले जानकारी दिएको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले हालसम्म देखिएको अन्यौलता समेत हटेको छ ।

यसैगरी पूँजी बजार सुधारका लागि आवश्यक ट्रष्टि ऐन तर्जुमा गरी सामुहिक लगानीकोष, सेयर अभौतिकरण, सिडिएससीका कार्यहरु व्यवस्थित गरिनेजस्ता व्यवस्थाले समग्र पूँजी बजारम थप व्यवस्थित हुनुका साथै भरोसायोग्य हुने ब्रोकर एशोसियशनको विश्वास रहेको छ ।

यसैगरी धितोपत्र कारोबार तथा धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने क्षेत्रमा समेटिएको र यसले बजार बढाउन थप सहयोग पुग्ने समेत ब्रोकरहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्