काठमाडौं । सरकारले सेयर बजारको दोस्रो बजारमा गैर आवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने विषयमा पुरानै रटान अघि सारेको छ । एनआरएनका लागि सेयर बजारमा लगानी खुला भएपनि पूँजीगत लाभकरको विषयमा संवोधन नुहँदा प्रवेश हुन सकेका छैनन् । हाल एनआरएनले सेयर खरिदगर्दा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने छ ।
यसैगरी एक पटकमा ५ लाखभन्दा बढीको सेयर किन्दा प्यान नम्बरको व्यवस्थालाई थप कडाई गरिएको छ । अबका दिनमा सिडिएससी र नेपाल स्टक एक्स्चेञ्जमा दर्ता गर्नुपर्ने भएको छ ।
सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई पनि घटाएको छ । यसअघि साढे ७ प्रतिशत पूँजीगत लाभकर लिँदै आएकोमा ५ प्रतिशतमा झारेको हो ।