Logo

अण्डाको भाउ घट्यो, प्रतिगोटा ८ रुपैयाँ

अण्डाको भाउ घट्यो, प्रतिगोटा ८ रुपैयाँ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
४ जेठ,काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य प्रति गोटा ४ रुपैयाँले घटेको छ । भुकम्पको करिब एक महिनापछि अण्डाको भाउ घटेर ८ रुपैयाँ प्रतिगोटामा झरेको हो ।  यसअघि बजारमा अण्डा प्रतिगोटा १२ रुपैयाँ मा किन्न सकिन्थ्यो ।

नेपाल अण्डा उत्पादक संघले सोमबार सूचना प्रकाशित गगरेर यस्तो जानकारी दिएको हो ।

संघका अनुसार सोमबारदेखि लागु हुने गरी केही दिनका लागि अण्डाको मूल्य घटाएको हो । भुकम्पपछि बजारमा प्रोटिनयुक्त खाद्यतत्व अभाव भएले मूल्य घटाएको बताइएको छ ।

’भुकम्पको महाविपत्तिको बेलामा सर्वसाधारणहरुमा प्रोटिनको अभाव भएकाले राहत दिनका लागि अण्डाको भाउ घटाइएको अण्डा उत्पादक संघका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिए । भुकम्पपछि बजारमा ब्यापारीहरुले एउटा अण्डा १६ रुपैयाँसम्ममा बेचेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL