काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको नौ महिनामा ४६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीले १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको सोही अबधिको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
हालसम्म कम्पनीले १२ लाख ३९ हजार बीमा पोलिसी बिक्री गरेको छ । जुन अधिल्लो बर्षको सोही अबधिमा ११ लाख १२ हजार बीमा पोलिसी मात्र बिक्री गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको रहँदा जगेडा कोषमा ५ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । एक वर्षको अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष २४ दशमलव ७० प्रतिशतले बढाएर ५९ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ छ ।