Logo

सूर्या लाईफका लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर, बीमा समितिबाट स्वीकृत भएपश्चात वितरण

सूर्या लाईफका लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर, बीमा समितिबाट स्वीकृत भएपश्चात वितरण



सूर्या लाईफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । संचालक समितिले उक्त चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै उक्त बोनस सेयरमा लाग्ने चुक्ता पूँजी समेत वितरण गरिने कम्पनीको जानकारी लिएको छ ।

संचालक समितिको सो निर्णय नियामक निकाय बीमा समितिबाट स्वीकृति भएर आएसँगै कम्पनीको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गरेर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्