Logo

पूँजी बजार विकासका लागि भेञ्चर क्यापिटल स्थापना, साना पूँजीलाई एकत्रित गरी लगानी गरिने

पूँजी बजार विकासका लागि भेञ्चर क्यापिटल स्थापना, साना पूँजीलाई एकत्रित गरी लगानी गरिने



पूँजी बजारको विस्तार तथा विकास गर्नका लागि भेञ्चर क्यापिटल स्थापना गरिने भएको छ । छरिएर रहेका साना पूँजी एकत्रित गरी लगानीयोग्य बनाउन सम्मिश्रित वित्त, सामूहिक लगानी र भेञ्चर क्यापिटलजस्ता संयन्त्र परिचालन गरिनेछ ।


लगानीको न्यूनता पूरा गर्न निजी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र सार्वजनिक, निजी तथा सहकारी साझेदारी र वैदेशिक लगानीलाई प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समावेश गरिने भएको छ ।


साथै देशको औद्योगिक उत्पादकत्व वृद्धि, औद्योगिक क्षेत्र व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा क्रियाशील रहेका संस्थाहरूको पुनर्संरचना गरिनेछ । औद्योगिक क्षेत्र व्यवस्थापनमा संस्थागत सुशासन कायम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL