Logo

टिकेन नेप्सेको वृद्धि, अधिकांश समुहको परिसुचक घट्दा खस्कियो कारोबार रकम

टिकेन नेप्सेको वृद्धि, अधिकांश समुहको परिसुचक घट्दा खस्कियो कारोबार रकम



काठमाडौं । लगातार दोहोरो अंकले बढेको नेप्से परिसुचकमा सोमबार गिरावट आएको छ । सोमबार बजार खुलेदेखि नै गिरावट आएको बजारमा दिनभर उतारचढाव हुँदै अन्तमा ४ दशमलव २१ अंकले घट्न पुगेको हो ।

बजारमा परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । आईतबार १ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार १ अर्ब १९ करोड रुपैयाँको मात्र खरिदबिक्री भएको छ ।

बजारमा निर्जीवन बीमा, बैंक, विकास बैंक लगायतका समुहका परिसुचकमा गिरावट आएको छ निर्जीवन बीमा समुहको परिसुचक १ सय २ अंकले घट्दा बैंकिङ समुहको परिसुचक ७ दशमलव ८ अंकले घटेको छ भने विकास बैंक समुहको परिसुचकमा १४ अंकको गिरावट आएको छ ।

घट्दो बजारमा जीवन बीमा समुहको परिसुचक भने १ सय ३० अंकले बढेको छ । यसैगरी अतिरिक्त, व्यापार तथा होटल लगायतका समुहका परिसुचक भने बढेको छ ।

बजारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १४ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा नेपाल बैंकको ११ करोड २९ लाख रुपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्