काठमाडौं । साताको चौथो दिन दोहोरो अंकले बढेको नेप्सेले १२ सय ८० को विन्दु समातेको छ । विहानै देखि उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा आएर १९ दशमलव १४ अंकले बढ्दै १२ सय ७९ दशमलव २९ विन्दुमा पुगेर रोकिएको हो ।
बुधबार बैंकिङ समुहको कारोबार उचालिँदा कारोबार रकम भने ९५ करोड ३ लाख पुगेको छ । बुधबार बजारमा बैंकिङ समुह २ दशमलव ३४ प्रतिशतले उचालिँदा होटल समुह भने ३ दशमलव ३८ प्रतिशतले बढेको छ ।
बुधबार जलविद्युत समुहमा भने ० दशमलव ९४ प्रतिशतको गिरावट आएसँगै म्यानुफ्याक्चर्स समुहमा पनि ० दशमलव १३ प्रतिशतको गिरावट आएको छ । बुधबार बजारमा विभिन्न १ सय ७२ कम्पनीका ३४ लाख कित्ता सेयर किनवेच भएका छन ।