Logo

नेपालमा भित्रियो ओप्पो एफ ११ प्रो, बजार मूल्य ५० हजारसम्म

नेपालमा भित्रियो ओप्पो एफ ११ प्रो, बजार मूल्य ५० हजारसम्म



काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले ओपो एफ ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ओप्पोले नेपाली बजारमा भित्र्याएको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर र राईजिङ क्यामेरा तथा पानोरामिक स्क्रिन रहेको छ । उक्त फोन दुई रंगमा उपलब्ध रहेको छ ।

एफ ११ प्रोको बजार मूल्य ४७ हजार ९ सय ९०, एफ ११ को ३७ हजार ९ सय ९० र एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनको ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

ओप्पोका अनुसार उक्त फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर समय तोकिएको छ भने सार्वजनिक फोनहरु अप्रिल २९ देखि नेपाली बजारमा उपलब्ध हुनेछन ।

ओप्पोको एफ ११ र एफ ११ प्रो दुबैमा एफ सिरिज अन्तरगत अत्याधुनिक क्यामेरा प्रणाली जडान गरेको छ । उक्त दुई फोनमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८ एमपी प्लस ५ एमपी डुअल रियर क्यामेरा रहेको छ ।

साथै पर्याप्त प्रकाशका लागि यसमा एफ १ दशमलब ७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १÷२ दशमलब ३ ईञ्च ईमेज सेन्सर्स समेत जडान गरिएको छ ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने, ‘मोबाइल फोटोग्राफीमै क्रान्ति ल्याएको ब्राण्डका रुपमा ओपो एफ ११ प्रोले अब आउने ब्रिलियण्ट पोट्र्रेट फोटोग्राफीको यूगमा अग्रणी भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ ।’

फोनलाई नोच रहित बनाउनका लागि यसमा पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । फोनमा रहेको ६ दशमलब ५३ ईञ्च डिस्प्ले स्क्रिन र ९० दशमलब ९ प्रतिशतको स्क्रिन टू बडीले तस्विरलाई आकर्षक बनाउने ओपोले जानकारी दिएका छन ।

ओपो एफ ११ मा भने ६ दशमलब ५ ईञ्च पानोरामिक स्क्रिन, ४ जीबी र्याम प्लस १२८ जीबी रोम उपलब्ध गरिएको छ । स्मार्टफोनमा ४०२० एमएएच ब्याट्रीका साथमा स्मार्टर र थप क्षमता सहितको कलर ओएस ६ पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL