Logo

बजाजको नयाँ शोरुम बारामा, स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध

बजाजको नयाँ शोरुम बारामा, स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध



काठमाडौं । एचएच बजाजको नयाँ शोरुम बाराको कलैयामा संचालनमा आएको छ । बजाज मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको हो ।

कम्पनीको नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL