Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, ३२ अंकले बढ्दा १ अर्ब नाघ्यो कारोबार

बैंकिङ समुहले उचाल्यो नेप्से, ३२ अंकले बढ्दा १ अर्ब नाघ्यो कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ३१ दशमलव ८९ अंकले उकालो लागेको छ ।

केही समययता उकालो लागेको बजारमा कारोबार रकम र नेप्से परिसुचक दुबैमा उच्च वृद्धि भएको छ । आईतबार करिव ३२ अंकले बढेको बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजारमा बैंकिङ समुहको परिसुचक ४५ दशमलव ९४ अंकले उकालो लाग्दा समग्र नेप्से परिसुचकमा उच्च वृद्धि हुन पुगेको हो । पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता भित्रिएसँगै बजारमा उच्च वृद्धि हुन पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

दोहोरो अंकले बढेको बजारमा निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । होटल समुह ३४, विकास बैंक समुह १७, माईक्रोफाइनान्स २६ र जीवन बीमा कम्पनीको परिसुचक २२ अंकले उकालो लागेको छ ।

साताको पहिलो दिन बजारमा उच्च कारोबार हुने १० कम्पनीको सुचीमा सबै बैंकिङ समुह नै रहेको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको १४ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ७१ कम्पनीको ३३ लाख २७ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्