बिजखबर संवाददाता
१० बैशाख, काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा चाँदीको मुल्य पनि घटेको छ । बुधबार प्रतितोला ६ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।