काठमाडौं । एलजीले नयाँ वर्ष लक्षित गरी डुअल कुल एयर कन्डिस्नर नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले डुअल ईन्भर्टर कम्प्रेसर सहितको उक्त एसी बजारमा ल्याएको हो ।
कम्पनीको उक्त एसीमा १० वर्षको वारेन्टी रहेको छ । कम्पनीका अनुसार उक्त एसीले ७० प्रतिशत सम्म विजुलीको बचत गर्दछ ।
यस्तै ८० प्रतिशत छिटो चिसो पार्दछ । एसीको प्रयोग गर्दा बार्षिक ३२ हजार रुपैयाँ सम्मको बचत पनि गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।