Logo

साढे २ करोडको आईपीओ निष्काशन गर्दै गुराँस लघुवित्त, धितोपत्र बोर्डले दियो अनुमति

साढे २ करोडको आईपीओ निष्काशन गर्दै गुराँस लघुवित्त, धितोपत्र बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर ‘आइपिओ’ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले मंगलबार गुराँसलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।


गुराँसले कुल २ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशनका लागि अनुमति पाएको हो ।


आईपीओ निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । हाल गुराँसको चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

धनकुटामा प्रधान कार्यालय रहेको गुराँसले २३ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्