काठमाडौं । केही सयमयता उकालो लाग्न सुरु गरेको बजार सोमबार पनि दोहोरो अंकले बढेको छ ।
बजार खुलेको केही समय घटेको बजारमा अन्तमा ९ दशमलव ३२ अंकले उकालो लागेको छ ।
दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आईतबार ५४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ९० अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
बजारमा दिनभर १ सय ७० कम्पनीको २९ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बढ्दो बजारमा कारोबार रकममा बैंकिङ् समुहको वर्चश्व रहेको छ । उच्च कारोबार भएको १० कम्पनीमा ९ वटा बैंकिङ क्षेत्रमा रहेका छन् ।
बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा १ सय ६७ अंकले बढ्दा निर्जीवन बीमा कम्पनीको परिसुचक १ सय ५० अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक पनि करिव ५ अंकले बढ्न पुगेको छ ।
यसैगरी लघुवित्त कम्पनीको परिसुचक ३६ दशमलव ५१ अंकले उकालो लाग्दा होटल र अतिरिक्त समुहको परिसुचक भने ओरालो लागेको छ ।