Logo

हिमालय उर्जाको आईपीओमा लगानीकर्ताको भिड, दोश्रो दिनमै सवा १ गुणा बढि आवेदन

हिमालय उर्जाको आईपीओमा लगानीकर्ताको भिड, दोश्रो दिनमै सवा १ गुणा बढि आवेदन



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले जारी गरेको आईपीओमा दोस्रो दिनमै सवा १ गुणा बढिले आवेदन दिएका छन ।

कम्पनीले बुधरबार सर्वसाधारणका लागि १३ लाख ६६ हजार २ सय कित्ता आईपीओ छुट्याएकोमा उक्त दिनको साँझसम्म १६ लाख ७० हजार ७ सय कित्ताका लागि आवेदन प्राप्त भएका हुन ।
कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २ सय ५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

गत बुधबार बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको सेयरमा पहिलो दिनको साँझ ५ बजेसम्ममा २१ हजार ५ सय ८० जना आवेदकहरुले १६ लाख ७० ७० हजरा ९ सय कित्ता सेयरको लागि १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका छन ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको दोश्रो दिन मै मागभन्दा १ दशमलव २५ गुणा बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बग्ने खिम्ति खोलामा १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति २ गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ ।
विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्